Thursday, September 27, 2012

ललाई फकाई भारत बेच्न लगिएका ७ जना किशोरी फेला

११ असोज, सर्लाही । ललाई फकाई भारत बेच्न लगिएका सर्लाही भक्तिपुर वडा
नम्बर ७ शंकरगञ्जका ७ जना किशोरीहरुमध्ये ६ किशोरीलाई आज आ-आफ्नो
अभिभावकको जिम्मा लगाईएको छ । लालबन्दीस्थत बाल संरक्षण संस्थाका दिनेश
घिमिरेका अनुसार नविना कुमारी माझी,विन्दु कुमारी माझी, विजिता कुमारी
माझी, अनिता कुमारी माझी मुसहर, मिन्त्रा कुमारी र अनिता माझीलाई आज
आ-आफ्नो घर पठाईएको हो ।
भारतको सितामढीबाट सर्लाही ल्याईएका उनीहरुलाई भक्तिपुरस्थित ईलाका
प्रहरी कार्यालयमा राखिएको थियो । तर आमाको मृत्यू भईसकेको तथा बुबा पनि
विदेश रहेकाले शिवो माझीलाई भने केही दिनपछि मात्र अभिभावकको जिम्मा
लगाईने उनले बताए ।
ती किशोरीहरुलाई गाउँकै दुई महिलाले काम लगाईदिने भन्दै चार महिना अघि
ललाई फकाई भारत पुर्याएका थिए । त्यस क्रममा उनीहरुलाई भारतीय प्रहरीले
भिठ्ठामोडबाट पक्राउ गरी सितामढीस्थित मानव बेच विखन विरुद्ध काम गर्ने
संस्था अदिथि संस्थाको जिम्मा लगाएको थियो ।
चार महिनादेखि सोही संस्थाको संरक्षणमा रहेका सात किशोरीलाई उनीहरुको
अभिभावकसाग भारतीय अदालतले पटक पटक बयान लिई अनुसन्धान गरेको थियो ।
त्यसक्रममा सबै कानूनी प्रक्रिया पूरा भएपछि हिजो ती किशोरीहरुलाई नेपाल
ल्याउने अनुमति दिईएको बाल संरक्षण संस्थाका घिमिरेले बताए।
बाल संरक्षण संस्था पनि मानव बेच विखन विरुद्ध काम गर्ने संस्था भएकाले
सितामढीको अदिथि संस्थाले आफूहरु साग समन्वय गरी ती किशोरीहरुलाई नेपाल
पठाएको घिमिरेले बताए । ती किशोरीलाई भारत पुर्याउने भक्तिपुर
शंकरगञ्जकै दुई महिलालाई भने आवश्यक कानूनी प्रक्रिया अघि बढाई भारत
सरकाले नै जेल चलान गरेको उनले बताए।

No comments:

Post a Comment