११ असोज,हङकङ। हङकङका खरबपति बिजनेसम्यान सेसिल चाओले आफ्नी छोरीलाई
प्रेममा पारेर विवाह गर्न सफल हुने पुरुषलाइ ४ करोड डलर दिने घोषणा गरेका
छन्।
रमाइलो कुरा के छ भने उनकी छोरी गिगि समलिङगी हुन् उनले केही समय अघि
अर्की महिलासंग विवाह गरेकी छिन्। त्यसैले उनकी छोरीलाई कुनै परुषले
विवाह गर्नु सजिलो काम होइन्।
७६ वर्षिय धनाढ्य सेसिल चाओकी छोरी जिजि ३२ वर्षकी छिन् र उनले आफ्नी
छोरी निकै सज्जन र राम्री भएको समेत दावी गरेका छन् ।
छोरीलाई पट्याउन सक्ने पुरुष धनी वा गरिब जे भएपनि फरक नपर्ने उनको भनाइ रहेको छ।
७६ वर्षिय सेसिलले केही समय अघि आफुले १० हजार महिलासंग सेक्स गरेको दावी
गरेर सनसनी मच्चाएका थिए।
No comments:
Post a Comment