Tuesday, September 25, 2012

बलात्कार गर्न खोज्दा लिङ्ग नै काटिएपछी फरार

९ असोज, राजविराज । सप्तरीको मधवापुर गाविसमा एक महिलाको बलात्कार गर्न
खोज्ने एक व्यक्तिको लिङ्ग नै काटिदिएपछी ती व्यक्ति फरार भएका छन् ।
मधवापुर गाविस-९ की २८ वर्षीया अन्जुदेबी कामतले तरकारी काट्ने चक्कुले
बलात्कार गर्न खोज्ने छिमेकी ३८ वर्षीय ब्रहृमानन्द भुस्कुलिया यादवको
लिङ्ग काटिदिएकी थिइन् । लिङ्ग काटिएपछी कामत प्रहरी कार्यालय भारदह त
पुगेका थिए तर त्यसपछि भने उनी बेपत्ता भएका छन् । उनी बलात्कारीको
निँहुमा जेल पर्ने र गाँउलेलाई मुख देखाउन लाज हुने भएकाले फरार भएको हुन
सक्ने प्रहरीको अनुमान रहेको छ ।

No comments:

Post a Comment