Tuesday, September 25, 2012

बाघले खायो महिलालाई

९ असोज,चितवन । चितवनको पदमपुरमा बाघको आक्रमणबाट आज एक महिलाको ज्यान
गएको छ । पदमपुरको थाङखोला सामुदायिक वनमा घाँस काट्न गएका वेला अन्दाजी
४० वर्षिया निरमाया पर्जालाई बाघले आक्रमण गरेको हो ।उनि पदमपुर वडा
नम्वर १की वासिन्दा हुन् । दिउसो एक वजेतिर ५-६ जनाको समुहमा घाँस काट्न
गएका वेला प्रर्जालाई बाघले झम्टिएको थियो । उनको घटनास्थलमै ज्यान
गएको बताइएको छ। उनको शव हेर्न नहुने अवस्थामा जंगलमा भेटिएको थियो।

No comments:

Post a Comment