Tuesday, September 25, 2012

'गृहयुद्ध गराएर सत्ता कब्जा गर्ने गंभिर षडयन्त्र'

९ असोज,काठमाडौ। नेपाली काग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले
भिषण आन्दोलनविना प्रधानमन्त्री डा बाबुराम भट्टराईले पद नछाड्ने निश्चित
भएको दावी गरेका छन् । उनले आन्दोलन गर्नुको विकल्प नभएको भन्दै
प्रधानमन्त्री नहटेसम्म मुलुकले निकास नपाउने ठोकुवा समेत गरे । एक
साक्षात्कार कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनले गरेको आन्दोलनको
घोषणाभित्र ठूलो षडयन्त्र रहेको आशका गरे। सत्तारुढ दलले आन्दोलन गर्नु
भनेको सत्ता टिकाई रहने र मुलुकमा गृहयूद्ध गराएर सर्वसत्ताबाद लादने
गंभिर षडयन्त्र भएको रिजाले दावी गरे।
उनले भने–'सरकारले कसका विरुद्ध आन्दोलन गर्ने, जनताको विरुद्ध आन्दोलन
गर्ने हो र ? यो मुलुकलाई गृहयूद्ध तर्फ धकेल्ने र सत्तामा टिकिरहने
रणनीति हो ।
संविधान नबन्नुको फाईदा माओवादीले पाएकोले संविधान सभा विघठन हुनु
माओवादीको रणनीतिक चाल भएकोभन्दै रिजालले संविधान बनाएर भन्दा नबनाएर
फाईदा हुने भएकोले माओवादी संविधानसभा बिघठन गराएको हो ।
Comments:

No comments:

Post a Comment