Wednesday, September 26, 2012

पर्वतमा जीप दुर्घटना, ६ जनाको मृत्यु

१० असोज,पर्वत। पर्वतमा गएरातिजीप दुर्घटना भएको छ। शालिग्राम गाविसमा
राति साढे आठ बजे भएको जिप दुर्घटनामा ६ जानको घटनास्थल मै मुत्यु
भएको छ भने ३ जान घाइते भएका छन् । शालिग्राम गाविस अन्र्तगत वालिङग
उरमा पोखरा सडक खण्ड मा पर्ने दरौखोलामा ग १ ज ४६७९ जीप करिब २०० मिटर
तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी पर्वत उरम पोखरा ४ का ६८
बर्षिय वासुन्धारा भट्टाराई , ६४ बर्षिय मनबहादुर बस्याल, वडानम्बर ३ का
६४ बर्षिय यमबहादुर थापा,उनकी १८ बर्षिय छोरी जितकुमारी थापा ,७६
बर्षिय भक्तराना , वडा नं ५का ५६ बर्षीय चन्द्र माविका प्रधानाध्यापक
डिलराम भुषाल को मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते पदबहादुर थापा,मन बहादुर अर्याल र लक्ष्मी अर्याल सामन्य उपचार पछि
घर फर्किएका छ्न् भने भने जिपका चालक राजु परियार फरार छन् । चालक सहित
१० यात्रु सवार रहेको सो जिप उकालोमा लोड तान्न नसकेर पछि ब्याक हुँदा
दुर्घटना भएको प्रहरी अनुमान रहेको छ।

No comments:

Post a Comment