Saturday, September 1, 2012

त्रिशुलीमा दुई बालक बेपत्ता

गोरखा, भाद्र १६ - पौडी खेल्ने क्रममा त्रिशुली नदीमा ताक्लुङ १ का दुई
चेपाङ बालक बेपत्ता भएका छन् ।
प्रहरी नायब उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार शनिबार मध्याह्न वर्ष
१३ का भक्त बहादुर चेपाङ र नरबहादुर चेपाङ बेपत्ता भएकाहुन् । बेपत्ता
बालकका आफन्त, नेपाल प्रहरी र प्रहरीले शनिबार दिनभरि खोजी गर्‍यो ।
'अहिलेसम्म भेटिएको छैनन्' कुवँरले भने । उनका अनुसार भक्तबहादुर र
नरबहादुर एकै गाउँका बालक हुन् । उनीहरू गर्मीका कारण त्रिशुली नदीमापौडी
खेलिरहेका थिए ।
बेपत्ता भए लगत्तै स्थानीयहरूले खबर गरेपछि गोरखाको कुरिनघाटमा रहेको
नेपाल प्रहरी, चितवन कुरिनटारको विपत व्यवस्थापन तालिम केन्द्रका सशस्त्र
प्रहरी र स्थानीयले खोजी गरेका थिए । 'साँझसम्म फेला नपरेकाले पानीमा
पसेर खोज्नेक्रम रोकेका छौं' तालिम केन्द्रका एसएसपी दुर्गा बहादुर
कुँवरले भने, 'आइतबार बिहानबाट पुनः खोज्ने छौ ।' उनका अनुसार बेपत्ता
दुई बालकको खोजीका लागि प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा
टोली खटिएको छ । 'ठूलो संख्यामा 'रेस्क्यु' टोली परिचालन गरेका हौं' एसपी
कुँवरले भने, 'तत्काल पानीभित्र दुरबिन पनि लगाएर हेर्‍यौं । नदीमा धमिलो
पानी भएकाले भेट्टाउन सकिएन ।'

No comments:

Post a Comment