Wednesday, June 19, 2013

ज्ञानेन्द्रले भने-गलत गर्नेलाई सुधार गर्ने मौका दिनुपर्छ

५ असार, जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र शाहले गलत गर्नेलाई सुधार
गर्ने मौका दिनु पर्ने बताउनु भएको छ । बुधाबार जनकपुरमा नागरिक
अभिनन्दनपछि सम्बोधन गर्दै ज्ञानेन्द्रले अतितलाई गाली गर्दैमा भविश्य
नबन्ने बताउनु भयो ।
कसैलाई निषेध गर्न नहुने भन्दै उहाँले सबै मिलेर जानुको विकल्प नभएको
बताउनु भयो । नागरिकको हैसयतमा आफूले पनि मुलुकको अहिलेको अवस्थालाई
नियालिरहेको भन्दै उहाँले अहिलेको अवस्था सन्तोषजनक नभएको बताउनु भयो ।
धनुषा नागरिक समाजले पूर्व राजा ज्ञानेन्द्रको सम्मानमा नागरिक अभिनन्दन
गरेको हो । ।

No comments:

Post a Comment