Thursday, August 16, 2012

मध्यरातमा मातेर आएपछि के भयो (भिडियो सहित

नेपाली सुगम संगीतमा गायक शिव परियार चर्चित छन् । उनले गाएका अधिकांश गीत श्रोताको मुखमा झुण्डिएका छन् । उनै गायक शिव परियार आफु मातेर आएको कुरा गर्दै श्रोतासामु पुन आएका छन् । ‘मिसरा’ एल्वममा समावेश ‘आज म धेरै मातेर आए’ वोलको गीतमा शिवले आवाज दिएका हुन् । गीतमा लोकराज अधिकारीको शब्द, ठाकुर प्रताप दुलालको संगीत समावेश छ । भिडियोमा सुदिप रेग्मी, आरती आचार्य र आकाशको अभिनय हेर्न सकिन्छ । समन अधिकारीले निर्देशन गरेको भिडियोलाई हरि हुमाँगाईले छायांकन गरेका हुन् ।
http://e.onlinekhabar.com/2012/08/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%87%e0%a4%b0-%e0%a4%86%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a5%87/

No comments:

Post a Comment