Thursday, June 28, 2012

बाढीमा सयभन्दा बढीको मृत्यु

चटगाँउ (बङ्गलादेश), असार १४ (एएफपी)- बङ्गलादेशमा वर्षासँगै आएको बाढीमा परी मृत्युहुने मानिसको सङ्ख्या एकसय नाघेको छ । बङ्गलादेशमा गएको तीन दिनदेखि भारी वर्षा भइरहेको छ । बिहीबार दिउसो सम्ममा एकसय जनाभन्दा बढी व्यक्तिको ज्यान गएको समाचार त्यहाँका सुरक्षा अधिकारीहरुले दिएका छन्।
बङ्गलादेशको दक्षिण पश्चिमी क्षेत्र चटगाँउमा यस्तो विनाशककारी बाढी आएको हो। यसका साथै अरु केही छिमेकी गाउँहरुमा पनि बाढीको प्रकोप देखिएको छ। सो क्षेत्रका विभिन्न स्थानमा भीषण पहिरो गएको र त्यसमा परी कयौं नागरिक बेपत्ता छन्। हराइरहेकाहरुका बारे जानकारी प्राप्त भएकोछैन सरकारी अधिकारीका अनुसार उद्वारको कार्य जारी छ।
सो बाढीका कारण आवश्यक भौतिक संरचनामा पनि क्षति पुगेको छ। यसले बाढी प्रभावित कतिपय स्थानहरुका सरकारी कार्यालयहरु सञ्चालन र सडक अवरुद्ध भएको छ।
सरकारले सो बाढी र पहिरोमा परेकाहरुको उद्वारका लागि सेना र प्रहरी खटाएको छ। उनीहरुले आफ्नो कामलाई निरन्तरता दिएको भए पनि भारी वर्षा र बाढीका कारण उद्वारको कार्य प्रभावकारी हुन सकेको छैन ।
चटगाँउ क्षेत्रका प्रमुख प्रशासक सिराजुल हक खानका अनुसार सो जिल्लाको कोक्स बजारमा गएको पहिरोमा परी मृत्यु भएका ४० जनाको शव प्राप्त भएको छ। सो क्षेत्रमा अरुपनि कयौं नागरिक हराइरहेकाले खोजी कार्य जारी नै रहेको छ।
उनले चटगाउँको वरपर, कोक्स बजार तथा बन्दरबनमा निरन्तर परेको पानीका कारण बढेको बाढी तथा गएका पहिरोका कारण बुधबार राति अबेरसम्म नै कम्तीमा पनि ९४ व्यक्तिको मृत्यु भएको उल्लेख गर्नुभयो।
बन्दरबनका प्रशासक तारिकुल इस्लामले पहिरोमा पुरिएका एक सय दुई जना व्यक्तिको शव प्राप्त भएको बताए । उनले मृत्यु भएकामध्ये १० बालबालिका ५न् ।
पहिरोले घरमा सुतिरहेको व्यक्तिहरूलाई बगाएको बन्दरबनका प्रहरी प्रमुख साइफुल अहमदले जानकारीदिए । पहिरोमा परी एकै परिवारका १२ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रियाहरू

No comments:

Post a Comment