Sunday, September 2, 2012

बैद्यले प्रचण्डसँग मागे ६० प्रतिशत सम्पत्ति

१७ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीबाट अलग्गिएर बनेको मोहन बैद्य
नेतृत्वको नेकपा-माओवादीले आफ्नो पूर्वपार्टीसँग आर्थिक तथा भौतिक
सम्पत्तिमा दाबी गरेको छ ।
आफ्नो पक्षमा केन्द्रदेखि जिल्ला हुँदै गाउँ तहसँम्म ६० प्रतिशत नेता
कार्यकर्ता रहेको दाबी गर्दै बैद्य माओवादीले पार्टीको चलअचल सम्पत्तिमा
त्यतिनै हिस्सा माग गरेको हो । अध्यक्ष बैद्य सहितका नेताले एकीकृत
माओवादीका अध्यक्ष प्रचण्डलाई पटक पटक भेटेर केन्द्र, राज्य र
जिल्लासम्मका पार्टी कार्यालय तथा बैंकमा रहेको रकममा आफ्नो दाबी पेस
गरेको खबर नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
स्रोतका अनुसार बैद्य माओवादीले प्रचण्डसँग सम्पत्ति भागबन्डा नगरे
बलपुर्वक खोस्ने चेतावनी पनि दिएको छ । केहीदिन अघिमात्र अध्यक्ष बैद्य,
प्रवक्ता पम्फा भुसाल र पोलिटव्युरो सदस्य हितमान शाक्य सम्पत्ति माग्दै
प्रचण्ड निवास लाजिम्पाट पुगेको थियो ।

No comments:

Post a Comment