Friday, October 5, 2012

एमालेले आज देश भरि शक्ति देखाउने,राजधानीमा गर्जने

१९ असोज,काठमाडौ। राष्ट्रिय सहमतिको लागि दबाब, प्रधानमन्त्रीको
राजिनामालगायतको मागसहित नेकपा एमालेले आज देशभर शक्ति प्रदर्शन गर्दैछ ।
यसैगरि शीर्ष नेताहरुले भने राजधानीको कार्यक्रमलाई सरकार विरुद्ध गर्जने
एमालेले जनाएको छ। दिउँसो साढे १ बजे राजधानीको बागबजार, पुतली सडक,
भद्रकाली, सहिदगेट, पाको न्युरोड असनलगायत क्षेत्रमा र्याली गर्दै सभा
गर्ने एमालेको कार्यक्रम रहेको छ। सहमतिको लागि वर्तमान सरकार बाधक भएको
निष्कर्ष निकालेको एमालेले प्रधानमन्त्रीको राजिनामालाई पहिलो सर्त
बनाउँदै आएको छ ।
बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा दिएको खण्डमा पनि
काग्रेसले प्रधानमन्त्रीको पद नपाउने आँकलनमा रहेको एमाले माओवादी र
कांग्रेस दुवैलाई जिल्लाएर फेरी पनि प्रधानमन्त्री पद पड्काउने 'दाउ'मा
रहेको बुझ्न गार्हो छैन्। त्यसका लागि एमालेले नेता केपी ओलीलाईअघि
सारीसकेको छ।

No comments:

Post a Comment