Friday, September 7, 2012

वेरुतमा दुई नेपाली महिलाद्वारा आत्महत्या

बेरुत (लेवनान), भाद्र २२ - लेवनानस्थित वेरुतमा एक साताभित्र दुई नेपाली
महिलाले आत्महत्या गरेका छन्।
घरेलु कामदारका रूपमा बेरुत पुगेका सोलुखुम्बु सल्यान ४ की २५ वर्षीया
शान्ति राई र काभ्रेपलान्चोक पनौती ९ की रेनुका जर्घामगरले घरभेटीले
दिएको पीडा खप्न नसकेर आत्महत्या गरेका हुन् । ४४९४४५२ राहदानी भएकी
राईले मंगलबार र मगरले आइतबार आत्महत्या गरेको सम्बन्धित घरधनीले दाबी
गरेका छन् । बेरुतको यन्तीजेस जदैहमा घरेलु कामदार रहेका यी दुई महिलाको
हत्या हो कि आत्महत्या यकिन गर्न नसकेको बेरुतमा कार्यरत वैदेशिक रोजगार
सामुदायिक संस्थाका विनोद उप्रेतीले बताए ।
२ वर्ष अघिदेखि यहाँ कार्यरत यी दुई महिलाको मृत्यु रहस्यमय भएको छ, उनले
भने । घरमा काम गर्ने राईले पसलमा आत्महत्या गरेको देखाइएको छ । मगरको शव
बुधबार नेपाल पठाइसकेको छ भने राईको शव अहिलेसम्म पठाउन सकिएको छैन, उनले
भने । हत्यालाई आत्महत्या गरेको भन्ने र आत्महत्या गर्न बाध्य गराउनेदुई
घर धनीलाई कारबाही गर्न त्यहाँ कार्यरत नेपालीले मागगरेका छन् । मानसिक,
शारीरिक रयौनशोषण तथा दुर्व्यवहारका कारण नेपाली महिला आत्महत्यागर्न
बाध्य भएको बताइएको छ ।
उप्रेतीका अनुसार महिनामा १०भन्दा बढी यौनदुर्व्यवहारका निवेदन संस्थामा
पर्ने गरेकाछन् । ती मध्ये पीडा सहन नसकेरमहिनामा २ जनाको मृत्युसमेत
हुने गरेको छ । वेरुतमा ८ हजार३ सय ३३ जना नेपाली महिला घरेलु कामदारका
रुपमा कार्यरत छन् । वैधानिक, अवैधानिक दुवै तरिकाबाट यहाँआएका छन् ।
अधिकांशले मासिक सयदेखि १ सय ५० डलरसम्म पाउँछन् । मासिक तलब पनि
उनीहरूले भनेका बेला पाउँदैनन् अर्कोतिर घरधनीले राहदानी खोसेर राख्ने
गरेकाले चाहेको बेला नेपाल फर्कन पनि पाउँदैनन् ।

No comments:

Post a Comment