Friday, September 7, 2012

किसानले फलाए नास्पातीको बोटमा बुद्ध (फोटोफिचर सहित)

किसानले नासपाती फलाउनु नौलो कुरा होइन । तर चीनका एक किसानले भने आफ्नो
बारीमा भगवान बुद्धको आकारका नासपाती फलाएका छन् ।
हुबेइ प्रान्तस्थित हान्दन सहरका हाओ जियांघाङ नामका ती किसानले आफ्नो
बगैँचामा यो सिजनमा झण्डै १० हजार दाना बुद्ध आकारका नास्पाती फलाएका
हुन् । उनले ती नास्पातीलाई युरोपमा निर्यात गरेर नाम र दाम दुबै कमाउने
सोँच बनाएका छन् ।
उनले वर्षको अथक मिहिनेतपछि बुद्धको आकारका नास्पाती फलाउन सफल भए ।
वास्तवमा ती नास्पाती आफै बुद्धजस्ता भएका होइनन् । उनले नास्पाती चिचिला
लाग्दैमा बुद्धको आकारको प्लास्टिकको खोल भिराइदिने गरेका थिए । जसबाट
नास्पातीको गेडाको आकार बढ्दै जाँदा बुद्धको मुर्ती जस्ता बन्दथे ।
अहिले ती बुद्धजस्ता नास्पाती किन्नका लागि उनको घरमा स्थानीय बासिन्दाको
घुइँचो नै लागेको छ । उनले एउटा नास्पातीको मूल्य झण्डै ६ सय रुपैयाँ
तोकेका छन् । स्थानीयलाई थोरै बेचेर बाँकी नास्पाती विदेश निर्यात गर्ने
उनको सोँच रहेको छ ।

No comments:

Post a Comment