Monday, September 24, 2012

बस पल्टिँदा १७ जना यात्रु घाइते, ३ को अवस्था गम्भीर

८ असोज, चितवन । पश्चिम चितवनको पटिहानी गाविसमा बस पल्टिँदा डेढ दर्जन
यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको
जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुमध्ये नौजनाको
प्रहरीले र अन्य बाँकीको स्थानीय जनताले उद्धार गरी चितवनका विभिन्न
अस्पतालमा उपचारका लागि पठाएको छ ।
चितवनको दक्षिण क्षेत्रमा पर्ने माडीबाट नारायणगढ आउँदै गरेको ना२ख ३९६२
नम्बरको यात्रुबाहक बस पटिहानीमा आइपुगेपछि अनियन्त्रित भएर सडकको
बायाँतर्फ पल्टिएको गीतानगर प्रहरीले जनाएको छ । सोसवारी घटनास्थलमै
रहेको र चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको
प्रहरीले जनाएको छ । चालकका अनुसार पैदल यात्रीलाई जोगाउन खोज्दा बस
पल्टिएको हो । रासस

No comments:

Post a Comment