Wednesday, September 26, 2012

गरिबका नाममा आएको दुई अर्ब बेपत्ता

असोज, काठमाण्डौं । गरिबी निवारण कोषको नाममा सरकारले दिएको दुई अर्व
रुपैयाँ बेपत्ता भएको छ । सरकारले १३ अर्व दिएको जनाएको छ भने कोषले ११
अर्व मात्र पाएको दाबी गरेको छ ।
कोषमा अनियमितता भएको भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले
सहसचिव शंकर अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ
। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदका उपसचिव
उमाकान्त आचार्य र शाखा अधिकृत कृष्ण दाहाल सदस्य छन् ।
'०६१ मा स्थापना भएयता कोषले १३ अर्ब रुपैयाँ लगेको भेटिएको छ,' छानविन
समितिका एक सदस्यले भने 'त्यो रकम अनियमित रुपमा खर्च गरेको देखिएकाले
छानविन सुरु गरेका हौं ।'
समितिले हाल सम्म गरेका सम्पूर्ण कारोबारको विवरण पनि मगाएको समितिले
जनाएको खबर नयाँपत्रिकाले छापेको छ । कोषले जिल्लामा वितरण गरिएका
कार्यक्रमको नाम र रकमको हिसाव किताप पनि अस्तव्यस्त रोखेको समितिको ठहर
छ ।

No comments:

Post a Comment