Wednesday, September 26, 2012

जाँचपासमा हाकाहाकी घुस ?

असोज, काठमाण्डौं । राजधानीका सार्वजनिक सवारीका साधनमा उल्टोपट्टी
फर्केका सिटहरुमा बसेर यात्रुले कष्टकर यात्रा गरिरहेका हुन्छन् ।
माइक्रोबसको सिटमा वेल्डिङ गर्नेदेखि घुँडा ठोकिने गरी सिट मिलाएर
व्यवसायीले जर्वजस्ती यात्रु कोच्ने गरेका छन् ।
व्यवसायीले १४ सिट क्षमता भएको माईक्रोलाई २० सिटेसम्म बनाउने गरेका छन्
। तर, सार्वजनिक सवारीका साधनहरुको भौतिक अवस्था र स्वरुपबारे अनुगमन र
जाँचबुझ गर्ने बागमती यातायात कार्यालयको प्रदुषण शाखाका कर्मचारीहरु
सोझै रकम बुझेर ती सवारी साधन प्रमाणित गरिदिन्छन् । सवारी साधन ल्याउँनै
पर्दैन, सिधै पास गरेर पठाइरहेको भेटिन्छ ।
'अवस्था हेरी एक हजारदेखि चार हजारसम्म असुल्छन्, यातायात सम्बद्ध
स्रोतले भन्यो, 'घुस खुवाएपछि यातायातका साधन चेकजाँच गर्न लैजान पर्दैन
अनि कहाँ बाट सवारीका साधन ठिक अवस्थामा हुन्छन् ।' सवै सवारीका साधन
कागजी रुपमा मात्र ठिक भएको गुनासो आउने गरेको खबर कान्तिपुर दैनिकमा छ ।

No comments:

Post a Comment