असोज, काठमाण्डौं । रोजगारीका लागि मलेसिया गरेका नुवाकोट बर्सुन्चेत १
का हरिबहादुर घलेलाई लागूऔषध कारोबारमा संलग्नताको आरोपमा अदालतले
मृत्युदण्डको सजाय सुनाएको पीडा सहन नसकी परिवारका तीन सदस्यको मृत्यु
भइसकेको छ । सन् २००१ मा मलेसिया पुगेका बर्सुन्चत १ नुवाकोटका हरिवहादुर
घले लागूऔषधको अभियोगमा ३० मे २००३ मा मलेसियामै पक्राउ परेका थिए । घर
र्फकन लागेका घलेलाई मलेसियाकै एक होटलमा पक्राउ गरिएको थियो । उनलाई
स्थानिय जालन उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएको हो । दाई पक्राउ
परेको पिरले बाबु र आमाको ज्यान गएको उनका भाई टेकबहादृुरले दुखेसो सुनाए
। उनले भने दाजुको पीरले बैनीको पनि ज्यान गयो । उनी जेल परेपछि जेलमुक्त
गराउने कुनै उपाय नभएपछि परिवारका तीनै जनाको चिन्ताकै कारण मृत्यु भएको
टेकबहादुरको भनाई छ । परिवारका सवैको मृत्यु भएपछि घरमात्र बाँकी राखेर
उनले घरजग्गा बेची साहुबाट लिएको ऋण चुक्ता गरेको खबर राजधानी दैनिकले
छापेको छ ।
No comments:
Post a Comment