Saturday, September 29, 2012

नेविसंघ कार्यकताद्वारा काँग्रेस सभापति कोइरालामाथि आक्रमण

असोज, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालामाथि
नेविसंघका पूर्व क्षेत्रिय सभापति प्रवेश बस्नेतले आक्रमण गरेका छन् ।
नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नम्बर चारले आयोजना गरेको
कार्यक्रममा सहभागी हुन जानुभएका सभापति लगायत आयोजक माथि आफुलाई
आसनग्रहण नगराएको भन्दै बस्नेतले अन्धाधुन्द आक्रमण गरेका थिए । बस्नेतको
आक्रमणबाट दुई जना महिला घाइते भएका छन् उनीहरुलाई उपचारका लागि नजिकै
रहेको अस्पतालमा भर्ना गरिएको छ । उक्त घटनापछि स्थितिलाई नियन्त्रणमा
लिएर काम गर्न र संयमित भएर काम गर्न महामन्त्री कृष्ण सिटौला र नेता गगन
थापाले आग्रह गरेपछि अहिले कार्यक्रम भने सुचारु भएको छ । आक्रमण पछि
नेपाली काँग्रेसका नेता कार्यकर्ताले भने प्रहरीले उचित सुरक्षा नदिएको
भन्दै प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गरेका थिए । घटनापछि प्रहरीले
बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment