Saturday, September 29, 2012

डिएसपीको शैक्षिक प्रमाणपत्र नक्कली

असोज, काठमाण्डौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)
बालकृष्ण थापाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा भएको छ । थापाले
विएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा जागिर खाएको
पुष्टि भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । डिएसपी थापा हाल
क्षेत्रीय सशस्त्र प्रहरी गण धनगढीको प्रमुखमा कार्यरत रहेका छन् । उनले
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पुष्टि भएपछि राष्ट्रिय
सर्तकर्ता केन्द्रले थापामाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालय र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । केन्द्रका
प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, 'सर्तकताको अनुसन्धानपछि शैक्षिक
प्रमाणपत्र नक्कली पाइएको पुष्टि भएको छ, त्यसैले कारबाहीको सिफारिस
गरिएको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद सिंहले पनि सर्तकता
केन्द्रको पत्र आएको र थापामाथि अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

No comments:

Post a Comment