Tuesday, September 25, 2012

खसीको भन्दै बाख्राको मासु बेच्ने पक्राउ

९ असोज,बुटवल।बाख्राको मासुलाई खसी बोकाको मासु भन्दै बिक्री गर्दै आएका
व्यापारिक गिरोहलाई प्रहरीले आज बुटवलका विभिन्न पसलमा छापामारी पक्राउ
गरेको छ । प्रहरीले उनीहरुबाट बिक्रीका लागिकाटेर झुन्ड्याइएका १३ वटा
बाख्रासमेत बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालयको टोलीले आज बिहान बुटवका विभिन्न मासु पसलमा
छापामार्दा बाख्रा काटेर खसीको भन्दै बिक्रीका लागि पसलमा झुन्डाएर
राखेको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब
निरीक्षक दीपक थापाले जानकारी दिए ।
प्रहरीले बुटवल-११ मा रहेको माइला मासु पसलबाट अस्लाम कुरैनी, राजु
मुस्लीम, नहिम परैसी, छोटु खाँन, बुटवल-८ मा रहेको ताहिर मासु पसलका संसद
खाँन, बुटवल-११ का फिरोज खान, बुटवल-४ को अकवाल मासु पसलका सोनु अहमद र
बुटवल-११ कै सल्लु मासु पसलका समिम कुरैसीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई कालाबजारी ऐनअन्तर्गत कानुनी कारबाही अगाडि
बढाइनेसमेत उनले जानकारी दिनुभयो । चाडपर्वको बेलामा उपभोक्तालाई ठग्ने
नियतले यस्ता व्यापारी सक्रिय रहने भएकाले प्रहरीले आफ्नो सक्रियता
बढाएको उनले बताए । रासस

No comments:

Post a Comment