Thursday, September 6, 2012

मादक पदार्थ सेवन गर्ने दम्पत्तीलाई सामाजिक बहिष्कार

२१ भदौ, खोटाङ । मादकपदार्थ सेवन गरी छिमेकीलाई अश्लिल गालीगलौज गर्ने खोटाङ निर्मलीडाँडाका एक दम्पत्तीलाई समाजले गाउँ बहिष्कार गरेका छन् ।
मादकपदार्थ सेवन गर्ने र छिमेकीलाई अश्लिल गाली बेइज्जत बोेलेको आरोपमा हाल दिक्तेल-६ बस्दै आएका निर्मलीडाँडा-९ का जीतबहादुरराई र उनकी श्रीमतीलाई छिमेकीले गाउँ निकाला गरेका हुन् । मादकपदार्थ सेवन गरेको अवस्थामा जहिले पनि घरमा झगडा गर्ने र छिमेकीलाई गालीबेइज्जती बोल्ने गरेकामा राई दम्पत्तीलाई बहिष्कार गरिएको छिमेकी किशोर राईले बताउनुभयो ।
पटक-पटक बानी सुधार्न सल्लाह सुझाव दिँदासमेत सुधार नभएपछि राई दम्पत्तीलाई दुई महिनाभित्र ठाउँ छाड्ने शर्तमा सहीछाप गराइएको छ । तोकिएको समयभित्र गाउँ नछाडेबानीमा सुधार गर्ने र रु १० हजार जरिवाना तिर्ने शर्तमा दोहोरो कागज पनि गराइएको छ । रासस

No comments:

Post a Comment