Wednesday, June 20, 2012

विदेशी चलखेलले संविधानसभा भंग भएको ४ दलको ठहर

- एकीकृत माओवादी नेतृत्वको सरकारले एक पक्षीय रुपमा चुनावको घोषणा गरेपछि राजनीतिक ध्रुवीकरण चुलिँदै गएको बेला बुधबार कांग्रेसको अगुवाइमा मुख्य ४ दलका शीर्ष नेताबीच सम्वाद भएको छ। बैठकमा सहभागी नेताहरु विदेशी चलखेलका कारण संविधानसभा भंग भएको ठह गर्दै अबदेखि संविधानसभालाई खुला मैदान नबनाउने विषयमा एकदमतदेखिएका छन्।
बैठकमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विदेशी चलखेलका कारण संविधानसभा भंग भएको बारे छलफल भएको जानकारी दिए। 'संविधानसभा लगायत सबै प्रक्रियामा विथोल्न विदेशी हस्तक्षेपले काम गर्‍यो भन्नेमा छलफल भयो', बैठक सकिएपछि उनले भने- 'त्यसले गर्दा संविधानसभा विघटन भएको हो भन्ने बुझाइ सबैको रह्यो। अब यो खुला मैदान बनाउनुहुन्न।'
कुन मुलुक वा शक्तिले विथोल्यो भनेर छलफल भएको भन्ने चाहिँ उनले खुलाएनन्।
जेठ १४ मा संविधानसभा भंग भएपछि मुख्य राजनीतिक शक्तिहरुबीच पहिलो पटक सम्वाद भएको हो। बैठकबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिमा जोड दिए। 'राष्ट्रिय सहमति एक मात्र विकल्प हो', दाहालले भने- 'संवैधानिक कानुनी र राजनीतिक सबै जटिलताको समाधान सहमति नै हो।त्यसको लागि आज कांग्रेसको अग्रसरता प्रयास सुरु भएको छ। यसलाई निरन्तरता दिएर निकास निकाल्नुपर्छ।'
बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस र एमालेका शीर्ष नेताहरु तथा मधेसी मोर्चाका नेता सहभागी थिए।
प्रतिक्रियाहरू

No comments:

Post a Comment