असोज, अमेरिका । सन् २०१४ को इडिभीका लागि आउँदो साता फारम खुल्ने भएको छ
। नेपाली समयअनुसार मंगलबार राती पौने दशबाट अमेरिकाको डाइभर्सिटी भिसा
कार्यक्रममा सहभागी हुन सकिनेछ । अक्टोबर २ मा सुरु हुने यो चिठ्ठा
कार्यक्रम नेपाली समयअनुसार सन् २०१२ नोभेम्बर ३ तारिख शनिबार राती राती
पौने दश समाप्त हुने अमेरिकी विदेश-विभाग (स्टेट डिपार्टमेन्ट) ले जनाएको
छ । डिभीको आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो ।
डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र
बस्ने अधिकार-प्राप्त 'ग्रिनकार्ड' पाउँछन् । बंगलादेश, ब्राजिल,
क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर,
हैटी, भारत, जमाइका, मेक्सिको, पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण
कोरिया, संयुक्त अधिराज्य (नर्दर्न आयरल्यान्डबाहेक) तथा यसका अधिनका
भू-भाग र भियतनामका नागरिकले डिभीमा सहभागी हुन पाउँदैनन् । हङकङ, मकाउ र
ताइवानमा जन्मेको व्यक्तिले डिभीमा सहभागी हुन पाउँछ ।
डिभीको परिणाम सन् २०१३ मे १ मा निस्कन थाल्ने विभागले जनाएको छ ।
अमेरिकाको कंग्रेसले सन् १९९० मा डाइभर्जिटी भिसा प्रोग्राम ल्याएको हो ।
योभन्दा सजिलो कुनै अरु उपायले अमेरिकाको स्थायी बासिन्दा हुने आधार छैन
। चिठ्ठाका लागि स्नातक तह मात्र पुरा भएको हुनुपर्छ । विशेषज्ञता
चाहिन्न । चिठ्ठा परे पनि अन्तर्वार्ता, उसको पृष्ठभूमी र स्वास्थ्य
हेरिन्छ ।
No comments:
Post a Comment