Thursday, September 27, 2012

हङकङमा नेपालीहरुको ग्याङ फाईटमा गुल्मीका युवा मारिए

हङकङ - हङकङ स्थित युन लोङको नाम पिन वाइमा आइतवार राति भएको ग्याङ
फाइटमा गुल्मीका एक युवा मारिएका छन ।
स्थानिय दुई नेपाली समूहबीच राति करीव पौने १० बजेतिर झडप भएको थियो ।
घरेलु हतियार प्र्हार पश्चात घाँटी र छातिमा गहिरो चोट लागेर गम्भीर
घाइते भएका गुल्मी घर भई बुवा-आमाका साथ हङकङमा बसोबास गर्दै आएका १९
वर्षीय अनुप थापाको अस्पताल लगेको एक घण्टापछि मृत्यु भएको थियो।
दुई पक्षबीच भएको भिडन्तमा अरु दुईजना युवक पनि घाइते भएको एप्पल डेलिले
जनाएको छ । उनीहरुको चुन मुन अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।
घाईतेहरुको नाम सार्वजनिक नगरिए पनि एक जना २० वर्षीय मगर र अर्को २५
वर्षीय गुरुङ रहेको एप्पल डेलीले जनाएको छ।
पारिवारिक स्रोतको भनाई उदृत गर्दै एप्पल डेलीले लेखेको छ- अनुप नेपाल
गएर करीव ३ महिनाअघि मात्र हङकङफर्किएका थिए । उनी आफ्ना परिवारसंग युके
(बेलायत) जाने तयारी गर्दै थिए ।
समाचार स्रोतका अनुसार करीव २० जना साथीहरुसंग बास्केट बल कोर्टमा रहेका
बेला अर्को समूहले एक्कासी अनुपलगायत उनका साथीहरुमाथि आक्रमण गरेका थिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २० देखि २५ वर्षसम्मका ५ जना
युवकहरुलाई पक्राउ गरेको छ।
प्रहरीले हत्या र आक्रमणमा प्रयोग भएका छुरा, घन, कैची, सीसाका फुटेका
बोटलहरु तथा फलामका रडहरु बरामद गरेको जनाईएको छ। त्यसै गरी, प्रहरीले
घटनास्थलमा जडान गरिएको सीसीटिभी फुटेजको अध्ययन गरिरहेको जनाइएको छ।

No comments:

Post a Comment