Tuesday, September 25, 2012

गरिमाले तताईन् इजरायल (फोटो सहित )

८ असोज इजरायल । नबोदित गायिका गरिमा केसीले इजरायली स्टेज तताएकी छिन् ।
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अबसरमा इजरायलको तेल अभिब
स्थित बेतबार्बर हलमा आयोजित कार्यक्रममा उनले यहा रहेका नेपालीहरुलाई
धित मरुन्जेल नचाईन् ।
केहि समय अघि मात्र नेपाली आधुनिक गिति संग्रह सौगात बजारमा ल्याएकी उनले
आफ्ना एल्बममा समाहित आईटम गीत देखि आशु खसाल्ने सम्मका गीत प्रस्तुत
गर्दा कति स्जेजमै उक्लेर नाचे त कतिपयले आशु खसाले ।
एल्बम सौगातको शिर्ष गीत दिलै हलचल हलचल गर्ने गीत गाउदा उनले समर्थन पनि
निकै पाईन् ।
बैदेशिक रोजगारीको लागि नेपालका सबैभन्दा बढी महिला रहेका ईजरायलमा तीज
मनाउने तारतम्य भने गैरआबासिय नेपाली संघ ईजरायल र अन्तराष्ट्रिय कलाकार
मञ्चले मिलाएको थियो । कार्यक्रममा अन्य कलाकारहरुले पनि आ आफ्नो
प्रस्तुती राखेका थिए ।

No comments:

Post a Comment