Tuesday, September 25, 2012

युएईमा एक नेपालीको हृदयघातका कारण गयो ज्यान

८ असोज, दुबई । दुबईको एक प्रतिष्ठित कम्पनी ग्रुप4 सेकुरुटी कम्पनीमा
कार्यरत एक नेपालीको सुतिरहेको अबस्थामा हृदयघतका कारण मृत्यु भएको छ ।
नेपालको उदयपुर गाईघाट घर भएका सोमबहादुर दनुवार बिगत चार महिना देखि
युएईको सेकुरुटी कम्पनीमा ६५० दिराम मासिक तलबमा क्लिनरका रुपमा कार्यरत
थिए । घरमा रहँदा काठको मिस्त्री काम गरेर जिविका चलाउदै आएका दूनुवारले
आफू चार छोरा छोरीका बुवा हुनुका साथै घरमा बुवा आमा श्रीमती सहितको ठुलो
र निम्मस्थरको परिवार रहेको साथीहरूलाई बताएका थिए ।
थोरै तलबले गुजारा गर्न समेत गाह्रो आर्थिक भारले केहि दिन अघिदेखि उनी
निकै चिन्तित रहेको बुझिएको छ । हिजो बेलुका २३ सेप्टेम्बरको साँझ ७
बजेतिर अकस्मात हृदयघात भई छटपटाएका दुनुवारको अन्तत मृत्यु भएको छ ।
मृत्यक दुनुवारको शव अहिले अस्पतालमा रहेको छ । उक्त घटनाका बारेमा
नेपाली जनप्रगतिशील मंच युएईका महासचिब हेमन्त पौडेल (0554474831) ले
जानकारी गराएका हुन् । पौडेलका अनुसार शवलाई नेपाल पठाउनको लागी डेथ
सटिपिकट साथै अन्य डकुमेन्ट छिटो तयारी गराउन जनप्रगतिशील मंच युएईका
अध्यक्ष श्याम संकल्प पहल थालेका छन् ।
कम्पनीबाट पाउनु पर्ने रकम र अन्य युएईमा कार्यरत नेपाली साथीभाईहरूसँग
तिब्र रूपले आर्थिक सहयोग जुटाउन लागी परेको नेपाली जनप्रगतिशील मंच
युएईले धरै भन्दा धरै आर्थिक सहयोग जति सक्दो चाँडो मृतकका परिवारलाई
हस्तान्तरन गरि सहयोग गर्ने बताइएको छ ।

No comments:

Post a Comment