Tuesday, September 25, 2012

चट्याङ लागेर ८९ जनाको मृ्त्यु

९ असोज, काठमाडौ । विसं २०६९ वैशाख १ गतेदेखि भदौ मसान्तसम्म पाँच
महिनामा बाढीपहिरो तथा अविरल वर्षाका कारण १ सय २ जनाको मृत्यु हुनुका
साथै ४३ जना हराइरहेका छन्। सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता
पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपालले
सो अवधिमा झाडापखालाबाट ३३ जनाको र चट्याङबाट ८९ जनाकोमृत्यु भएको
जानकारी दिए ।
उनले नेपाल प्रहरीमा लैङ्गिक हिंसाविरुद्धको कार्ययोजना २०१० कार्यान्वयन
गर्नका लागि विभिन्न पदमा एक हजार ४१ दरबन्दी सिर्जना गर्ने गरी नेपाल
सरकार मन्त्रिपरिषद्‍बाट भदौ ११ गते निर्णय भएको बताए ।
रक्षा मन्त्रालयका प्रवक्ता द्वारिकाप्रसाद आचार्यले २०६९ भदौ महिनाभरि
मुलुकका विभिन्न स्थानमा रहेका सर्पदंश उपचार केन्द्रबाट १ सय ७३ जनाले
सेवा प्राप्त गरेको बताए। उक्त सेवा प्राप्त गर्नेमध्ये झापा जिल्लाबाट
८१ जना, नवलपरासीबाट १२ जना, सिरहाबाट ११ जना, कपिलवस्तुबाट छ जना र
मोरङबाट तीन जना रहेको उनले जानकारी गराए ।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता डा दुर्गाबहादुर सुवेदीले
मन्त्रालयले भदौ महिनामा राहदानी, ट्राभल डकुमेन्टलगायत जारी गरी रु १८
करोड पाँच लाख ७७ हजार ८०० राजस्व सङ्कलन गरेको जानकारी गराए ।
सो अवधिमा साधारण राहदानी ४६ हजार १ सय ११, कूटनीतिक राहदानी (निःशुल्क)
२२१, ट्राभल डकुमेन्ट २९ वटा जारीगरिएको उहाँले बताए। श्रम तथा रोजगार
मन्त्रालयका उपसचिव दिवस आचार्यले ०६९ साउन र भदौ महिनामा वैदेशिक रोजगार
प्रवर्द्धन बोर्डमार्फत ११३ जना मृतक कामदारका हकवालालाई रु एक लाख ५०
हजारका दरले रु एक करोड ६९ लाख ५० हजार प्रदान गरिएको बताए । रासस

No comments:

Post a Comment