Tuesday, September 25, 2012

महिला मन्त्रीसंग राष्ट्रपतिका छोरा सल्किएपछि..

९ असोज,एजेन्सी। पाकिस्तानकी विदेश मन्त्री हिना रब्बानी र राष्ट्रपति
आसिफ अलि जरदारीका छोरा बिलाबल भुट्टोविच रोमान्स चलेको खवरले यतिखेर
पाकिस्तानमा राम्रो चर्चा बटुलेको छ।
सोसियल मिडियामा त उनिहरुको प्रेमका बारेमा ठुलै बहस र चर्चा परिचर्चा छ।
बंगलादेशी पत्रिका 'ब्लिट्ज'ले यसको खुलासा गरेको थियो । बताइए अनुसार
बिलाबल राष्ट्रपति पिता आसिफ अलि जर्दारीलाई मन्त्री रब्बानीसंगै विवाह
गर्ने जिद्दी गरिरहेका छन्। बिलाबलको यो प्रेमप्रकरणले उनको पितासंगको
सम्वन्धमा ब्यापक तनाव आएको बताइएको छ।
मन्त्री हिना रब्बानी विवाहित हुन्,उनी पाकिस्तानकी अरबपति ब्यापारी
फिरोज गुलजारकी श्रीमती हुन् । उक्त पत्रिकाले बताए अनुसार हिना पनि
बिलाबलको लागि हालका श्रीमान छोड्न तयार छिन्। निकै कम उमेर महत्वपुर्ण
मन्त्रालय सम्हालेकी हिनाको सुन्दरताको चर्चा कुटनैतिक क्षेत्रमा समेत
हुने गरेको छ।

No comments:

Post a Comment