Tuesday, September 25, 2012

श्रीमानलाई छुटाउन ८ हजारमा १७ महिने सन्तान बेचिन् एक महिलाले

९ असोज, एजेन्सी । भारतको ओडिसा राज्यको जाजपुर जिल्लामा क महिलाले आफ्नो
श्रीमानलाई छुटाउनको लागि आफ्नै १७ महिनाको बच्चा बेचिदिएकी छिन् । ती
महिलाले श्रीमानलाई जेलबाट छुटाउनको लागी आफ्नै सन्तानलाई ८ हजारमा
बेचिदिएकी हुन् ।
जाजपुर प्रहरी कार्यालयका इन्स्पेक्टर अश्विनी कुमार साहुले दिएको
जानकारी अनुसार २० वर्षीय राखी पात्राले गत सेप्टेम्बर १३ गते कटक गएर
जगदिशपुरका एक अन्जान व्यक्तिलाई आफ्नो सन्तान बेचिदिइन् । यस घटनाबारे
थाहा पाएपछी राखीकी सासूले राखीले आफ्नो १७ महिने सन्तान एक अन्जान
मानिसलाई बेचेको भन्दै प्रहरीमा रिपोर्ट लेखाएकी थिइन् ।
प्रहरीले लिएको बयानका क्रममा राखीले आफूले श्रीमानलाइ जेलबाट छुटाउनका
लागि आफ्नै सन्तान बेचेको स्विकार गरेकी थिइन् । आफ्नो श्रीमानलाई
छुटाउनको लागी पैसा आवश्यक भएको र अन्य कुनै उपाय नदेखेपछी आफूले आफ्नो
सन्तान बेच्न बाध्य भएको उनलेप्रहरीसमक्ष बताएकी थिइन् । राखीका पति
चोरीको आरोपमा जेलमा रहेका छन् । यी दुवै मजदुरी गर्ने गर्छन् ।

No comments:

Post a Comment