Monday, September 24, 2012

बलात्कार गर्न खोज्नेको लिङ्ग काटिदिइन् महिलाले

८ असोज, राजविराज । सप्तरीको मधवापुर गाविसमा आज बिहान एक महिलाले एक
छिमेकीको लिङ्ग काटिदिएकी छन् । मधवापुर गाविस-९ की २८ वर्षीया अन्जुदेबी
कामतले तरकारी काट्ने चक्कुले छिमेकी ३८ वर्षीय ब्रह्मानन्द भुस्कुलिया
यादवका लिङ्ग काटिदिएकी हुन् ।
लिङ्ग काटिएपछि रक्ताम्य हात लिएर कामत इलाका प्रहरी कार्यालय भारदह
पुगेको त्यहाँ मुद्दा नचल्ने भएपछि अनुसन्धानका लागि भारदह प्रहरीले
उनलाई इलाका प्रहरी कार्यालय सप्तरी पुर्‍याइएको थियो ।
लिङ्ग काटिएर गम्भीर घाइते भएका यादव भने बेपत्ता छन् ।
घरमा छोराछोरीसँग सुतिरहेको बेला गएराति साढे १ बजेएक्कासी कोठाभित्र
प्रवेश गरी मुख थुनेर बलात्कार गर्न खोज्दा आत्मरक्षाका लागि तरकारी
काट्ने चक्कुले लिङ्ग काटेपछि चिच्याउँदै यादव भागेको महिलाले
प्रहरीसमक्ष बताएको प्रहरी सहायक निरीक्षक पशुपति ढुङ्गानाले बताए।
महिलाका श्रीमान् शुभनारायण कामत एक महिनादेखि रोजगारीका लागि भारतको
पञ्जाबमा छन् । रासस

No comments:

Post a Comment