१२ असोज, मोरङ । बिराटनगरमा बिष सेवनबाट प्रेमिकाको मृत्यु भएको छ भने
प्रेमी गम्भीर विरामी परेका छन् । सुनसरी जिल्लाको दुहवी–५ बस्ने १९
बर्षीया सरस्वती माझीको बिष सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
माझीसँगै रहेका इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा कार्यरत प्रहरी
जवान रामकुमार चौधरी भने असक्त अवस्थामा फेला परेका थिए । प्रेमी र
प्रेमिकाबीच मनमुटाव भएपछि दुबैले सँगै बिष सेवन गरेको प्रहरी अनुमान छ ।
उनीहरु बिहीबार बिराटनगर उपमहानगरपालिका–३ स्थित सुपर गोरखा होटल एण्ड
लजमा बसेका थिए । उनीहरुले कोठा नखोले पछि शंका लागेर होटल साहुले जिल्ला
प्रहरी कार्यालय मोरङमा जानकारी गराएका थिए । प्रहरी टोलीले ढोका फोडेर
हेर्दा माझीलाई मृत र चौधरीलाई बेहोस अवस्थामा फेला पारेको प्रहरी भनाई
छ।
Comments:
No comments:
Post a Comment