Friday, September 28, 2012

भारतमा पनि नेपाली गाडी चलाउन रोक

१२ असोज, काठमाडौ । नेपालमा भारतीय नम्बरको सवारी साधन गुड्न नदिएको
विरोधमा भारतीय पक्षले पनि नेपाली नम्बर प्लेटका सवारी साधन गुड्न रोक
लगाएको छ । नेपाल भारत सिमा नाका सुनौलीमा भारतीय पक्षले नेपाली नम्बर
प्लेटका सवारी साधन गुड्नमा रोक लगाएको हो । नेकपा माओवादीका
कार्याकर्ताहरुले हिजोदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा
गुड्न नदिएको र हिजो राती चितवनमा केही गाडीहरु तोडफोड भएको भन्दै त्यसको
विरोधमा भारतीय भूमिमा पनि नेपाली गाडी गुडनमा रोक लगाएको ईलाका प्रहरी
कार्यालय बेलहीयाका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताए ।
एक अर्काको देशमा रहेका सवारी साधनहरुलाई निर्वाध रुपमा दुबै पक्षले
फर्किन दिएपनि प्रवेशमा भने रोक लगाएका छन् । नेपालमा भारतीय गाडी गुड्न
जहिलेसम्म रोक लगाइन्छ, त्यतिन्जेलसम्म भारतीय भूमिमा पनि नेपाली गाडी
गुड्न नदिने भारतीयहरुको भनाइ छ ।दुई देशका गाडीहरु एक अर्काका देशमा सहज
रुपमा गुड्न नपाएपछि सिमा क्षेत्रमा पर्यटकहरु समस्यामा परेका छन् ।

No comments:

Post a Comment