Friday, September 7, 2012

जङ्गली हात्तीको आक्रमणवाट एक महिलाको मृत्यु

२२ भदौ, रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणवाट एक महिलाको ज्यान गएको
छ । विहीवार साझ खेतमा काम गरेर घर फर्कदै गरेका वेला ब्रम्हटोलनजिकै
रहेका दुई-तीन वटा हात्तीको आक्रमणवाट गम्भीर घाइते रौटहटको रङ्गपुर
गाविस-३, मैराकी ५५ वर्षीया मैयाँदेवीमाझीको उपचारका लागि अस्पताललैजादै
गर्दा वाटोमै ज्यान गएको हो । केही समयदेखि गाउँ वरपर जङ्गली हात्ती
देखिएकाले त्यस क्षेत्रका बासिन्दा आतङ्कित हुदै आएका छन् ।

No comments:

Post a Comment