Sunday, August 5, 2012

बिहान उपत्यका बन्द : यातायात र बिहानी कलेजहरु प्रभावित

नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको आयोजनामा आज बिहानदेखि सुरु भएको उपत्यका बन्दले यातायात तथा शैक्षिक संस्था ठप्प भएको छ। बाबुराम भट्टराई सरकारको विरुद्ध आन्दोलनमा उत्रेको युवासंघले आह्वान गरेको बन्दलाई विपक्षी दलका अन्य युवा संगठनहरुलेसमेत समर्थन जनाएका छन्। बन्द आयोजकले एउटा गाडी तोडफोडसमेत गरेका छन्। बानेश्‍वर चोकमा उत्रेका युवाहरुले एउटा गाडी तोडफोड गरेका हुन्।
अहिले चोक चोकमा भेला भएका युवाहरुले यातायात बन्द गराएका हुन्। राजधानीका विभिन्न चोकहरुमा युवाहरु जम्मा भएर बन्द गर्न दवाव दिइरहेका छन्। परीक्षा लगायतका कारणहरु देखाउँदै उपत्यका बन्द१० बजेसम्ममात्र तय गरिएको छ।
बिहानमात्र बन्द गरिएको यो पहिलो पटक हो। बन्द सफल पार्न हिजो साँझ युवा संघले मसाल जुलुस निकालेका थिए।

No comments:

Post a Comment