Sunday, August 19, 2012

प्रहरी नै प्रहरी हिरासतमा

३ भदौ, नुवाकोट । ड्युटीमा प्रहरी हवल्दारसहित तीन जना हिरासतमा परेका छन् । बर्दिमै रक्सी सेवन गरेर हिडेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले हिरासतमा राखेको हो ।
प्रहरी हवल्दार प्रकाश चौलागाई त्रिशुली बजारबाट विदुर आउने क्रममा नसाको सुरुमा वल्लो सडक र पल्लो सडक गरेर हिड्न थालेपछि विदुर-१ ढुङ्गेका स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।
प्रहरी पोशाक सहित ड्युटीमा रहेका प्रहरी नशाको सुरमा बजारमा हिड्दा आतङ्क फैलिएको थियो । आफ्नै ज्यान थाम्न नसकेका वर्दीधारी प्रहरी लरखराएको देख्दा सर्वसाधारणहरुमा भागाभाग समेत मच्चिएको थियो । यसरी सर्वसाधारण नागरिकको जिउ धनको सुरक्षामा खटिएका प्रहरीबाट भएको लापर्वाहीलाई स्थानीय नागरिकहरुले आपत्तिजन रुपमा लिदै प्रहरीले माफि माग्नु पर्ने बताएका छन् ।
प्रहरीले भने उनीहरुलाई विभागिए कारवाही हुने र अहिले उनीहरु हिरासतमा रहेको जानकारी दिएको छ ।

No comments:

Post a Comment