Saturday, August 4, 2012

भुंदीखोलामा हाम फालेर एकको मुत्यु

२० साउन, बागलुङ । बागलुङको भुँदीखोलमा हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । बागलुङको बिहुँ- १, दोविल्लामा रहेको भुंदीखोलामा हाम फालेर बिहुँ- ४, का ३० वर्षीय मणिभद्र कँडेलले खोलामा हाम फालेर आत्म हत्या गरेका हुन् ।
उनीले सदरमुकाम बागलुङ बजारतर्फ आउँदा खोलामा हाम फालेको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछानेले जानकारी दिनुभयो । मणिभद्रले केही समय पहिलादेखि मानसिक सन्तुलन गुमाएको पारिवारिक स्रोतले जनाएको छ । सिगानाको सिलीखेतमा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment