Saturday, August 4, 2012

१९ वर्षे युवती पेस्तोलसहित पक्राउ

काठमाडौं, साउन २० (नागरिक) - कीर्तिपुर ट्याङ्ला फाँट नजिकैबाट भर्खरै एक १९ वर्षीय युवती पेस्तोलसहित पक्राउ परेकी छिन्। महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मकवानपुर फापरवारी ६ की मनमाया तामाङ एक पेस्तोल र ३ गोलीसहित पक्राउ परेकी हुन्।
प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

No comments:

Post a Comment