Monday, October 1, 2012

पहिरोले तीनवटा गाडी बगायो, दुइवटा पुर्यो, १४ कोमृत्यु भएको आशंका

१५ असोज,इलाम। लगातारको बर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको
हर्कटे कोल्बुङ सडक खण्डमा गएको पहिरोले दुइवटा गाडी पहिरोले पुरेको छ
भने तीनवटा गाडी बगाएको छ ।दुर्घटनामा १४ जना यात्रु मारिएको आशंका
गरिएको छ। । कोल्बुङ ३ मा भएको उक्त घटनामामा १ च २६१९ नम्बरको पिकअप, को
१ ख १६१३ नम्बरको पिकअप गाडी परिएका छन् , मे १त ११९६ नम्बरको पिकअप, मे
१ च ११९६ नम्बरको ट्रक र १-१ वटा अल्ट्रो र सेन्ट्रो कार पहिरोल सहितको
पानीले बगाइदिएको छ।
फिक्कलका शरण प्रधान, समाल्बुङका पदम प्रधान र उनका पत्नि इन्दिरा प्रधान
सहित सेन्ट्रो कारमा रहेका सबै यात्रु सहित हालसम्म ११ जना बेपत्ता भएको
जानकारी प्राप्त भएको छ । रातिबाट परेको पानी अहिलेसम्म पनि नरोकिदा
उद्धारमा कठिनाई भएको छ उद्धारमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी,
रेडक्रस र स्थानिय बासिन्दा लागेका छन् । राति गएको पहिरोले सो क्षेत्रमा
रहेको दुइवटा बिजुलीको पोल बगाउँदा कोल्बुङ गाबिस अहिले अन्धकार भएको छ
भने, पहिरोको कारण राजमार्ग समेत पुरै अबरुद्ध भएको छ।
Comments:

No comments:

Post a Comment