काठमाडौं, साउन २२ (नागरिक)- पोसाक भत्ता लिएर पोसाक नलगाउने राष्ट्रसेवक पदाधिकारी, कर्मचारीएवं शिक्षकलाई कार्यालय प्रवेशमा रोक लगाउन अख्तियारले सचिवहरुलाई निर्देशन दिएको छ। त्यस्ता कर्मचारीलाई जिम्मेवारी नदिनेसम्मको कारबाही गर्नसमेत भनिएको छ।
अख्तियारका सहसचिव तथा प्रवाक्ता इश्वरी पौडेलले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै निर्धारित पोसाक नलगाएको विषयमा अनुगमन गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन्। अनेक बहाना बनाई निज पदाधिकारी र कर्मचारीहरुले कार्यालय छोड्ने प्रवृति बढेकाले यसबाट सेवाग्राही मारमा परेको समेत विज्ञप्तिमा उल्लेख छ।
'पोसाक भत्ता भुक्तानी लिई निर्धारित पोसाक नलगाउने राष्ट्रसेवक पदाधिकारी, कर्मचारी एवं शिक्षकलाई सो पोसाक अनिवार्य लगाउन लाउने, यदि निर्धारित पोसाक अनिवार्य लगाउने सम्बन्धमा सम्बद्ध निकायको आचार संहितामा कुनै व्यवस्था नभएको भए सो समावेश गर्न,' विज्ञप्तिमा भनिएको छ, 'निर्धारित पोसाक लगाए नलगाएको विषयमा अनुगमन गर्ने व्यवस्था मिलाउन र पोसाक बापतको भत्ता, सुविधा प्राप्त गरी निर्धारित पोसाक नलगाउने राष्ट्रसेवकलाई कार्यालय प्रवेशमा रोक लगाइ कार्य जिम्मेवारीसमेत नदिनेसम्मको कारबाही गर्ने व्यवस्था मिलाउनसमेत नेपाल सरकार मुख्य
No comments:
Post a Comment