२२ साउन, काठमाडौं । गाईजात्राको अवसरमा राजधानीका दुईवटा हलमा चलिरहेको कलाकारहरुको महोत्सवमा राजनीतिक दलका नेताहरु त व्यंग्यको पात्र बनेका छन् नै । चलचित्रमा काम गर्ने कलाकारहरुलाई पनि बाँकी राखिएको छैन । हास्यव्यंग्य कलाकारहरुले चलचित्र क्षेत्रमा देखिएको विकृति विसंगतिलाई उदांगो पार्ने गरी उडाएका छन् ।
प्रज्ञा परिषद र राष्ट्रिय सभागृहमा चलिरहेको गाईजात्रे महोत्सवमा चलचित्रमा प्रस्तुत छाडा संवाद र दृश्यले समाजलाई बिगार्न खोजेको भन्दै सचेत हुन सन्देश दिइएको छ । लूट, एटीएम, चपली हाइट जस्ता चलचित्रमा प्रयोग गरिएको संवाद र अश्लिल नृत्यले परिवारका सँगै बसेर सिनेमा हेर्न नमिल्ने भन्दै व्यंग्यगरिएको छ ।
हास्यव्यंग्य कलाकारहरुले भड्किलो नृत्यलाई कटाक्ष गर्ने क्रममा उध्रेको चोलीलाई बढी जोड दिएका छन् । हरेक प्रहसनमा उध्रेको चोलीको प्रसंगलाई कुनै न कुनै रुपमा जोडिएको छ । तर अचम्म उधे्रको चोलीलाई व्यंग्य गर्दै कलाकार र दर्शकले फेरि उध्रेको चोलीकैनृत्य हेरेर मनोरञ्जन लिन्छन् ।
प्रज्ञा भवनमा चलिरहेको गाईजात्रा महोत्सवमा उध्रेको चोली देखाउने सुष्माकार्कीको पनि नृत्य छ । उनले यही गीतमा निकै सेक्सी रुपमा नृत्य गरेकी छिन् । उनले नृत्य गर्नुअघि बिभिन्न कलाकारहरुले उधे्रको चोली जस्ता अश्लिल गीतले समाजलाई बिगार्यो भनेर व्यंग्य कस्छन् । अनि पछि त्यही सुष्माको उधे्रेको चोली हेरेर दंग पर्छन् ।
सबैथरी दर्शकलाई स्वाद दिन सुष्माको उध्रेको चोली पनि देखाउन परेको, चोलीको व्यंग्य पनि गर्न परेको कलाकारहरुको भनाई छ ।
No comments:
Post a Comment