२२ साउन, टोक्यो । जापानमा सोमवार एक नेपालीले आत्महत्या गरेका छन् । करिव ६ वर्षअघि कुक भिसामा जापान पुगेका गुल्मी इन्द्रेगौडाका खिमानन्द खरेलले आराखावा कु को कुयाक्सो नजिकैको बगैचामा झुन्डिएर आत्महत्या गरेका हुन् । उनलाई विहान साढे ५ बजे तिर प्रहरीले बगैचामा झुन्डिएको अबस्थामा फेला पारेका थिए ।
३५ वर्षीय खरेल जापानको आराखावा कुको मिकावासिमा श्रीमतिसंगै बस्दै आएका थिए । खरेल विगत एक महिनादेखि बेरोजगार थिए । मोवाइलको फोन काटिएकाले आइतवारदेखि नै श्रीमान् र श्रीमतिवीच सम्पर्क हुनसकेको थिएन । पोस्ट मार्टमको रिपोर्टका अनुसार खरेलले आत्म हत्या नै गरेको पुष्टी भएको छ । आत्म हत्याको कारण भनेे अझै खुल्न सकेको छैन ।
No comments:
Post a Comment