Saturday, August 4, 2012

बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

२० साउन, चितवन । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर नगरपालिका-११ गणेशस्थान निवासी ७० वर्षीय शेरबहादुर मगर पक्रानउ परेका छन् । उनलाई स्थानीय टोलवासीले समातेर जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएकाहुन् ।
कोही नभएको मौका छोपी छिमेकीको घरको पिँडीमा बालिकालाई लगेर करणी गर्दै गरेको अवस्थामा स्थानीयवासीले देखेपछि उनी रङ्गेहात समातिएका हुन् ।
मगरलाई प्रहरी समक्ष बुझाइएको गणेशस्थान टोल विकास समितिका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment