Sunday, August 5, 2012

प्रधानमन्त्री विरुद्ध दुईसय १७ मुद्धा

२१ साउन, काठमाण्डौं । प्रधानमन्त्री बाबुराम भट्टराई सवैभन्दा धेरै मुद्धा खेप्ने प्रधानमन्त्री बन्नुभएको छ । झण्डै एक बर्षको अवधिमा उहाँ विरुद्ध सर्वोच्च अदालतका दुई सय १७ रिट परेका छन् । ती मध्ये ९० प्रतिशत रितको सुनुवाईमा न्यायालयले प्रधानमन्त्री भट्टराईलाई प्रारम्भिक दोषी ठहर गरेको छ ।
भट्टराईले गत बर्षको ११ भदौमा प्रधानमन्त्रीको शपथ लिएदेखि नै उहाँ विरुद्ध मुद्धा पर्न थालेको खबर आजको सौर्य दैनिकले छापेको छ । आफ्नै पार्टीका नेताहरुको आलोचना मात्र नभई विपक्षिकोलगातारको विरोध भेलिरहनुभएका प्रधानमन्त्रीलाई सर्वोच्च अदालत पनि टाउको दुखाईको विषयमा बनेको छ । सवैभन्दा बढी न्यायालयको सामना गर्ने प्रधानमन्त्रीको रुपमा पनि उहाँले कीर्तिमा कायम गर्नुभएको छ ।
भट्टराईलाई विपक्षी बनाएर परेका अधिकांश मुद्दामा सर्वोच्चले प्रधानमन्त्रीलाई नै प्रारम्भिक दोषी देखाएको छ । र, उहाँ नेतृत्वको सरकारले गरेका निर्णयमा रोक लगाएको छ । अरु प्रधानमन्त्रीले २०/३० पटक न्यायालयको सामना गरेपनि भट्टराईले भने दुईसय १७ पटक सामना गर्नुपर्ने देखिएको छ । भट्टराईले सपथ लिएको २४ घण्टा नवित्दै उहाँ विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

No comments:

Post a Comment