Saturday, August 4, 2012

मसाल खोस्दा भएको झडपमा युवा संघ महासचिव घाइते

काठमाडौं, श्रावण २० - सरकारविरुद्ध आन्दोलन सुरु गरेको एमाले निकट युवा संघ नेपालले शनिबार साँझ राजधानीमा मसाल जुलुस निकालेको छ ।
त्रिचन्द्र क्याम्पस अगाडि निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा युवा संघका महासचिव निरज आचार्यसहित १० जना घाइते भएका छन् ।आचार्यको करङमा चोट लागेको छ । घाइतेलाई मोडल अस्पताल भर्ना गरिएको छ ।
एमाले युवाहरु मसाल लिएर निस्कनेवित्तिकै प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको थियो । युवा संघले आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म उपत्यका चक्काजाम आहृवान गरेको छ भने सोमबार र मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म देशभर चक्काजाम आहृवान गरेको छ ।

No comments:

Post a Comment