१९ साउन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खोज्ने जिम्मा अमेरिकी र संयुक्त अरब इमिरेट्स युएईको कम्पनीलाई दिएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न १० स्थानमा पेट्रोलियम पदार्थको खानी रहेको पुष्टि गर्ने ठोस प्रमाण फेलापरेपछिअन्वेषणका निम्ति हालै दुईवटा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको छ ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि गत असार २१ गते अमेरिकी कम्पनी बिबी च्याम्पियन र संयुक्त अरब इमिरेट्सको इएबिजी कम्पनीसँग सम्झौता भएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख राजेन्द्रप्रसाद खनालले बताउनुभयो । ‘नौ हजार ८६१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको जनकपुर र राजविराज ब्लकमा इएबिजी र चार हजार ९६९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको विराटनगर ब्लकमा बिबीच्याम्पियनले अन्वेषण एवम् उत्खनन्का निम्ति सम्झौता गरेका छन्’- परियोजना प्रमुख खनालले भन्नुभयो ।
सम्झौता भएको मितिले ६० दिनभित्र विस्तृत कार्ययोजना प्रस्तुत गनुपर्ने प्रावधान भएकाले दुवै कम्पनीले त्यसपछि आवश्यक काम थाल्ने उहाँले बताउनुभयो । नेपाल पेट्रोलियम ऐन र पेट्रोलियम नियमावलीबमोजिम सम्झौता भएकाले त्यसैअनुरुप काम हुनेउहाँले उल्लेख गर्नुभयो ।
दुवै ऐनले अध्ययन-अनुसन्धान एवम् व्यापारिक उत्पादनका लागि बेग्लाबेग्लै स्थानमा उत्खनन् गर्नसक्ने व्यवस्था गरेको छ । चार वर्षको प्राथमिक अन्वेषण अवधि पाएकादुवै कम्पनीले तेल, प्राकृतिक ग्यासलगायत पेट्रोलियम पदार्थ भए-नभएको निक्र्यौल निकाल्ने छन् ।
व्यावसायिक उत्पादन हुने सुनिश्चित भएपछि पुनः सम्बन्धित कम्पनीहरूसँग सम्झौता हुने र त्यसमा सरकारी लगानीबारे पनि स्पष्टकिटान गरिने जानकारी दिँदै उहाँले प्रारम्भिक अन्वेषणमा सरकारको लगानी नपर्ने प्रष्ट गर्नुभयो । इएबिजी र बिबी च्याम्पियनसँगभएको यो सम्झौतासँगै परियोजनाले पहिचान गरेका पेट्रोलियम पदार्थयुक्त क्षेत्रमा अन्य कम्पनीले अन्वेषणको अनुमति पाउने छैनन् । दसवटै ब्लकमा अन्तर्राष्ट्रिय कम्पनीले अन्वेषणका अनुमति लिइसकेकाले त्यसो भएको हो ।
चार हजार ९४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको धनगढी, चार हजार ८३८ वर्गकिलोमिटरमारहेको कणर्ाली, चार हजार ९६५ वर्गकिलोमिटर भूभाग समेटेको लुम्बिनी तथा चार हजार ८४८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको वीरगन्ज र चार हजार ९२० वर्ग किलोमिटर क्षेत्रमाविस्तारित मलङ्गवा ब्लकमा बेलायती कम्पनी कैयरन इनर्जीले अन्वेषणको अनुमति लिएको छ ।
त्यसैगरी अमेरिकी कम्पनी टेक्सानाले नेपालगन्ज र चितवन ब्लकमा अन्वेषणको इजाजत लिएको छ । नेपालगन्ज चार हजार ९०८ र चितवन ब्लक चार हजार ९४५ वर्ग किलोमिटरमा फैलिएको छ । टेक्सानाले आगामी १३-१४ महिनामा र कैरन इनर्जीले छ देखि सात महिनाभित्रमा अन्वेषण प्रतिवेदन प्रस्तुत गर्ने सहसचिव खनाल बताउनुहुन्छ ।
खानी तथा भूगर्भ विभागअन्तर्गत सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना स्थापना भएको झन्डैतीन दशक भइसकेको भए पनि पेट्रोलियम अन्वेषणको क्षेत्रमा खासै उपलब्धि हासिल हुननसकेको परियोजनाप्रमुख खनाल स्वीकार गर्नुहुन्छ ।
No comments:
Post a Comment