Friday, August 3, 2012

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको गाडी युवा संघको नियन्त्रणमा

। नेकपा एमालेसम्वद्ध युवा संघ नेपालले प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवको गाडी नियन्त्रणमा लिएको छ ।
सार्वजनिक विदाको दिनमा सरकारी गाडी चढेको भन्दै युवा संघका कार्यकर्ताले शुक्रबार साँझ यादव चढेको बा १ झ ८६८० नम्बरको गाडीलाई नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडीबाट नियन्त्रणमा लिएको हो । ‘सरकारविरुद्धको आन्दोलन अन्तरगत नै सरकारी स्रोत साधनको दुरुपयोग रोक्नहामीले यादवको सहित ६ बटा सरकारी गाडी नियन्त्रणमा लिएको तीनकुने प्रहरी चौकीमाबुझाएका छौं’ युवा संघका अध्यक्ष महेश बस्नेतले अनलाइनखबरसँग भन्नुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार यादवले भने आफू गाइजात्रा हेरर भक्तपुरबाट र्फकने क्रममा युवा संघले रोकेपछि प्रहरीलाई गाडी बुझाएको बताउनु भयो । युवा संघले बिहीबार उद्योगसचिव चढेकोसहितका ६ बटा गाडी नियन्त्रणमा लिएको थियो ।
८ युवा संगठनले २६ गते सिंहदरवार घेर्ने
सरकारविरुद्ध आन्दोलनरत विपक्षी दलसम्वद्ध ८ युवा संगठनले साउन २६ गते सिंहदरवार घेर्ने भएका छन् । प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाउन विहान ९ बजेदेखि ११ बजेसम्म सिंहदरवार घेराउ गर्न लगिएकोबस्नेतले जानकारी दिनुभयो

No comments:

Post a Comment