किसानहरु मल नपाएर दिक्क थिए
सिंहदरबार घेर्न जान ठिक्क थिए
प्रधानमन्त्रीले यो कुरा थाहा पाएछन्
दुई सय जनाको हूल लिएर
बासै बस्ने गरी किसानहरुको गाउँ गएछन्
तीन तीन माना मासुभात हसुरेर
सबैलाई गाउँमा मल त्याग गर्न लगाएछन्
र
डा. बाबुराम बालुवाटार फर्किएछन् ।
पप्मी सेम् सेम्
हाम्रा नेता अंकलको कति ठूलो भुँडी
भुँडीदेखि वाक्क भाछिन् उनकै घरकी बूढी ।
सुराल -साडी फेरेजस्तै अंकल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।
अघिअघि ढोके छाते पछि लाउँछन् चम्चा
जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा ।
काम गर्ने बेलामा चाहिँ जहिल्यै खटपट
हाम गर्ने बेलामा चाहिँ मिल्छन् झटपट ।
तलब, भत्ता, कमिसन र घूस पनि खाए
संविधान ल्याउँछु भन्थे अर्की आन्टी ल्याए ।
हाम्रा नेता अंकलको प्वाल परेको पेट
गोबर, गिट्टी, अलकत्रा, पचाइदिन्छ जेट ।
भूत हुन् कि भूतपूर्व हुन् छुट्याउनै गाह्रो
नांगैछन् कि लुगा लाछन् खुट्याउनै साह्रो ।
लुगा लाएर आउनु अंकल खेलौं फेयर गेम्
नत्र भन्छु सेम् अंकल पप्पी पप्पी सेम् ।
सेम् सेम् नेता अंकल पप्पी सेम् सेम्
सेम् सेम् पप्पी अंकल पप्पी सेम् सेम् ।
हाँस्नु कि रुनु
- टंक आचार्य
औंलो दिँदा
डँडुलो निल्नु
सु गर्ने बाहेक
केहीमा मन नमिल्नु ।
कर छल्नु, नतिर्नु
विदेश पुगेछि घर नफिर्नु
ऋण लिनु
तिर्ने कुरै नगर्नु
सभामा सिगरेट पिउनु
सडकमा थुक्नु
दिसा बस्नु
न त हात धुनु न त लाज मान्नु
नसक्ने खालका
काम आँट्नु
अरुलाई नसकेपछि आफैंलाई ढाँट्नु ।
इतिहासको गीत साँच्नु
वर्तमानमा उँघेर बाँच्नु
अरुकै ताली र संगीतमा नाच्नु
सिर्जनाका लागि सिन्को नभाँच्नु ।
पर्चा छर्नु
नेपाल बन्द गर्नु
विकासका नाममा
गाउँबाट सहर सर्नु ।
काखी गन्हाउनु
जुम्रा पाल्नु
कानमा सधैं तेल हाल्नु
उल्टो कदम चाल्नु ।
सधैं अरुको
इसारामा चल्नु
पुच्छर ठडिनु
शिर ढल्नु ।
काम नसकिँदै
अफिसबाट भाग्नु
सधैं चाकडीको दाउमा लाग्नु ।
कृषक बन्नु
अन्न किन्नु
आफ्नै नाभीको कस्तुरी नचिन्नु ।
नदी बेच्नु
बिजुली किन्नु
नुन र पेट्रोललाई
डलर तिर्नु ।
उमेर नपुग्दै
बिहे गर्नु
उमेर पुगेपछि
अर्कोतिर सर्नु ।
अरुलाई सधैं धारे हात लाउनु ।
साँढेका पछाडि मुख बाउनु ।
अरुकै बारीको डल्ला फोर्नु
अरुकै मल र गोबर सोर्नु ।
यतिका धेरै
विशेषता सहित
अरु होइन
नेपाली हुनु
यही भीडमा छु
म पनि
हाँस्नु कि रुनु ।
नेता
- गोपाल ढकाल ‘छन्दे’
जगाऔं नेतालाई व्यंग्यबाण हानेर
नत्र कोचौं हातखुट्ट बाँधेर
बनाऔं देश संसारमै चिनिने
सोच्छन् विदेशी कौडीमै किनिने
बुद्ध पनि भारतमै जाँदैछन्, सगरमाथा उतैको भन्देलान्
यस्तो चालले नेपाललाई कस्ले पो गन्देलान्
संसारकै दोस्रो धनी पिउनलाई जल छैन
के नै खानु बाली लाउने मल छैन
झरी लाछ लोडसेडिङ उस्तै छ, विकास भन्नु जहिले नै सुस्तै छ
बाटोघाटो दुर्घटना भैरहने
मान्छेजति अकालमै गैरहने
विदेशीकै इशारामा नेता देश हेर्छन्
धन्न, सासचाहिँ आफैंले फेर्छन्
हिमाल, पहाड, तराई कोही छैनौं पराई, देश राम्रो भैदियोस्
सबैलाई खुशी देख्न पाइयोस्, दुःख जति गैदिओस्
जय शिव शंकर भोला
अझै पनि शंका छ, देश बन्ने कहिले होला ?
बिना लिई फरार भो……..
-गोबिन्द बानियाँ म्याग्देली
संविधान मरेपछि नेताहरू करार भयो
प्रकाश मोरो बिना लिई फरार भयो
अभिषेक र अमिताभ जस्तो समबन्ध त्यो
बाउले १ छोराले तिन्टा ब्या गरेसी दरार भयो ।
आफ्नो कर्तव्य निभाउनै पर्ने बाध्यतामा हुँदा पनी
डिआईजिद्वारा हल्दारलाई दुई झाप्पड प्रहार भयो
संविधान कि के धान आउने दिन गन्दा गन्दै
हेर जेठ १४ त पोर झन् पोर अनी परार भयो
राजालाई नागार्जुन पठाईकन भएपनी यि चोरहरु
सतचालिस सालकै संविधान ल्याउने चाल सरासर भयो
नौटङ्की यि नेतालाई विदेसबाट अनुदान आको देख्दा
पल्ला घरे दाईको छोरो, छोरी अनी बुहारी समुन्द्र पार भयो
हरिबादुर अनि धरावासी दुवैले दोस्रो बे गर्या देख्दा
स्वास्नी मरे अर्कि ब्या गर्नैपर्छ भन्ने उजागर भयो
संविधान मरेपछि नेताहरू करार भयो
प्रकाश मोरो बिना लिई फरार भयो
No comments:
Post a Comment