‘प्रचण्डका छोरा प्रकाशले सगरमाथा चढेका भनेको त अर्थोकै पो चढेका रहेछन्’ राजधानीमा चलिरहको हास्यंव्यंग्य कार्यक्रममा बारम्बार सुन्न पाईने डाइलक हो, यो । यस वर्ष हास्यकलाकारहरुले राजनीतिका अरु पाटासँगै प्रचण्ड पुत्र प्रकाशलाई जोडदार ढंगले व्यंग्य हानेकाछन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्ता सर्वाधिक चर्चित नेताका छोराले तेस्रोपटक विवाह गरेको र त्यसमा पनि अर्काकी श्रीमती भगाएको विषयलाई कलाकारहरुले व्यंग्य गरेका हुन् ।प्रज्ञाभवन र राष्ट्रिय सभागृहमा चलिरहेको गाईजात्रा महोत्सवमा कलाकारहरुको प्रहसनमा ‘प्रकाश’ हिट भएका छन् ।
कलाकारहरुले शक्तिशाली नेताका छोरा भएकै कारण उनलाई छुट भएको भन्दै व्यंग्य हानेका छन् । कलाकार मनोज गजुरेलले व्यंग्य हानेका छन्यसरी :
‘एकादेशमा एउटा बाबा थियो,
बाबाको एउटा छोरा थियो,
छोरो साह्रै चञ्चले थियो,
छोरो अति मनचले थियो,
एकदिन बाबाको नाकमा गोबर दल्यो रे
(यति भनेर अकस्मात भुईंको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन्, अर्चन्ड पनि उनलाई लखेट्दै पछिपछि दर्गुछन् )
No comments:
Post a Comment