Tuesday, August 21, 2012

खोप लगाएको चौविस घण्टा नबित्दै चार बालबालिकाको मृत्यु

पुष्पराज जोशी, डोटी, भदौ ५- जिल्ला स्वास्थ्य कार्यालयबाट एक वर्ष मुनीका वालवालिकालाई दिईनेखोप लगाएको चौविस घण्टा नबित्दै डोटीमा चार जना वालवालिकाको मृत्यु भएको छ। पोखरी ९ कि अन्जु विक,काडामाण्डौ ७ कि गौरी चिराल, काडामाण्डौ ६ धानुककाँडाका मिलन दमाई र काडामाण्डौ ७ थापागाउँ कि सुजाता नेपालीको मृत्यु भएको हो।
उनीहरु सबै एक वर्ष मुनिका बालबालिका हुन्। जिल्ला स्वास्थ्य कार्यालयको नियमित खोप सुधार कार्यक्रम अनुसार हरेक महिनाको ३ गते १ वर्ष मुनिका वालवालिका लाई दादुरा क्षयरोग, धनुष्टङ्कार, हेपाटाईटीस, निमोनिया विरुद्धको खोप लगाईने गरिन्छ। उनिहरुलाई ३ गते दिउसो नियमित खोप लगाईएको थियो। खोप लगाईएको चौविस घण्टा नवित्दै चार वालवालिकाको मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले भने मृत्युकोकारण अझै खोल्न सकेको छैन। बास्तविक 'रिपोर्ट' नआउन्जेल सम्म यसै हो भन्न सकिने स्थिति नरहेकको वरिष्ठ स्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीले बताए। उनले भने,'घटनास्थल तर्फ चिकित्सक सहितको टोली पठाएका छौ। बेलुकीसम्म वास्तविकता वाहिर आउन सक्छ।'
मृतक गौरी चिराललाई डिपीटी विरुद्धको खोप लगाईएको थियो भने अन्य तीन जनालाई दादुरा विरुद्धको खोप लगाईएको थियो। मृतक अन्जुलाई काडामाण्डौ ८ स्थित मामाघरमा आएको मौका छोप्दै दादुरा विरुद्धको खोप लगाईएको थियो। सबैलाई बान्ता सँगै पखाला लाग्ने र मृत्यु हुने लक्षण देखा परेको स्थानियले बताएका छन्। खोपको 'रियाक्सन' ले मृत्यु भएको हुन सक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन्।

No comments:

Post a Comment